झापासंग सिमा जोडिएको इलामको चुलाचुलीमा झोलुङ्गे पुल उद्घाटनै नभई भत्कियो मधुमल्ला/ दक्षिणी इलामको चुलाचुली गाउँपालिकास्थित वडानम्बर २ र ३ को सिमानामा पर्ने चाँजु खोलामा निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटनै नभई भत्किएको छ । २०७४ वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको उक्त पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोसित बनेका छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भत्किएर कामै नलाग्ने भएपछि उनीहरू आक्रोसित बनेका हुन् । उक्त पुल सोही सालको श्रावण महिनामा आएको बाढीले काम नलाग्ने गरी भत्काएको थियो । पुल बगाएको २ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले पुल निर्माणको काममा चासो देखाएको छैन । चुलाचुलीमा साना–ठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैनन् । स्थानीय बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘योभन्दा हुने ठाउँ छैन’ स्थानीय वडानम्बर ४ का बासिन्दा सन्तोष दङ्गालले भने, ‘एक त खोलाको बीचमा पुल बन्यो । त्यो पनि उद्घाटनै नगरी भत्कियो, दुई साल बितिसक्दा पनि सम्बन्धित निकायले वास्ता गरेनन् ।’ स्...