स्वस्थ रहन यसरी सुत्नुहोस्

स्वस्थ रहन यसरी सुत्नुहोस् : चिकित्सकले दिए यस्तो महत्वपूर्ण सुझाव !

      स्वस्थ रहन मानिसलाई उमेर अनुसार कम्तीमा दैनिक ६ घन्टा निदाउनु पर्ने हुन्छ। चाहिने जति निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोगले हाम्रो शरिरमा ठाउँ लिएका हुन्छन् ।
तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य कारणले गर्दा मानिसको निद्रा अनियमित हुँदै गएको हो। राम्रो निद्रा नलाग्नु र दीर्घकालीन रुपमा निद्रा नलाग्नुले बुढेसकालमा देखा पर्ने रोगहरु लाग्ने अनुसन्धकर्ताहरु बताउँछन्।

   गहिरो निद्राका लागि यसो गर्नुस्ः
सुत्ने तालिकाः सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी बसालेमा अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।
खानेकुरा : तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन् ।
नुहाउनुःशरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुपर्छ ।
बत्ती : बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।
मोबाइल : सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।
चुरोटः चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।
लेख्नेः अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको मनोचिकित्सकले बताउने गरेका छन् । उनीहरू यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने सुझाव छ ।
सकारात्मक सोच राख्नुस्न : सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर निद्रामा पर्छ ।

Comments

Popular posts from this blog

अनुहारको दाग हटाउने सही तरीका