Posts

Showing posts from March, 2019

वैदेशिक रोजगारीले बालबालिकामा पर्ने समस्या र समाधानका उपाय

वैदेशिक रोजगारीले बालबालिकामा पर्ने समस्या र समाधानका उपाय । घरको जेठोबाठो रोजगारीका लागि विदेशिनु परिवारका लागि चुनौतिपूर्ण हो । विदेशिने व्यक्तिलाई छँदैछ घरमा बस्नेहरुलाई नी जिम्मेवारी बढ्छ । प्राय घरमा बस्ने श्रीमती र आमाले त्यो जिम्मेवारी लिनुपर्ने अवस्था आउँछ । यस्तो बेला उनीहरुमा सामाजिक, आर्थिक, धार्मिक, मनोवैज्ञानिक र पारिवारिक रुपमा कामको बोझ बढ्छ । कामको बोझलाई सहि रुपमा व्यवस्थापन गर्न नसक्दा श्रीमती र आमाहरुको व्यक्तिगत बानी, व्यवहार र सोचाईमा परिवर्तन आउँछ । जसको प्रत्यक्ष असर बालबालिकालाई गर्ने व्यवहारमा, दैनिक जीवन, काममा, स्वास्थ्यमा र सम्बन्धमा देखा पर्दछ । परिवारको मुख्य सदस्य वैदेशिक रोजगारिमा गएपछि बालबालिकामा देखापर्ने समस्याहरु शीर्षकमा मनोसामाजिक समुह मनोपरामर्श गर्दा अभिभावकहरुबाट बालबालिकाहरुमा यस्ता व्यवहार तथा समस्या आफूहरुले दैनिक रुपमा भोगेको र महसुस गरेको बताउनु भएको थियो । अभिभावकहरुले सुनाएका कुरा यस्ता थिए । भनेको नमान्ने, अटेरी हुने, जिद्दि हुने र घमण्डी व्यवहार देखाउने । नियमित विद्यालय नजाने । अत्याधिक चन्चले तथा छटपट गर्ने । एक्लै बस्न मन पराउने ...