Posts

Image
झापासंग सिमा जोडिएको इलामको चुलाचुलीमा झोलुङ्गे पुल उद्घाटनै नभई भत्कियो         मधुमल्ला/ दक्षिणी इलामको चुलाचुली गाउँपालिकास्थित वडानम्बर २ र ३ को सिमानामा पर्ने चाँजु खोलामा निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटनै नभई भत्किएको छ । २०७४ वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको उक्त पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोसित बनेका छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भत्किएर कामै नलाग्ने भएपछि उनीहरू आक्रोसित बनेका हुन् । उक्त पुल सोही सालको श्रावण महिनामा आएको बाढीले काम नलाग्ने गरी भत्काएको थियो । पुल बगाएको २ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले पुल निर्माणको काममा चासो देखाएको छैन । चुलाचुलीमा साना–ठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैनन् । स्थानीय बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘योभन्दा हुने ठाउँ छैन’ स्थानीय वडानम्बर ४ का बासिन्दा सन्तोष दङ्गालले भने, ‘एक त खोलाको बीचमा पुल बन्यो । त्यो पनि उद्घाटनै नगरी भत्कियो, दुई साल बितिसक्दा पनि सम्बन्धित निकायले वास्ता गरेनन् ।’ स्...

वैदेशिक रोजगारीले बालबालिकामा पर्ने समस्या र समाधानका उपाय

वैदेशिक रोजगारीले बालबालिकामा पर्ने समस्या र समाधानका उपाय । घरको जेठोबाठो रोजगारीका लागि विदेशिनु परिवारका लागि चुनौतिपूर्ण हो । विदेशिने व्यक्तिलाई छँदैछ घरमा बस्नेहरुलाई नी जिम्मेवारी बढ्छ । प्राय घरमा बस्ने श्रीमती र आमाले त्यो जिम्मेवारी लिनुपर्ने अवस्था आउँछ । यस्तो बेला उनीहरुमा सामाजिक, आर्थिक, धार्मिक, मनोवैज्ञानिक र पारिवारिक रुपमा कामको बोझ बढ्छ । कामको बोझलाई सहि रुपमा व्यवस्थापन गर्न नसक्दा श्रीमती र आमाहरुको व्यक्तिगत बानी, व्यवहार र सोचाईमा परिवर्तन आउँछ । जसको प्रत्यक्ष असर बालबालिकालाई गर्ने व्यवहारमा, दैनिक जीवन, काममा, स्वास्थ्यमा र सम्बन्धमा देखा पर्दछ । परिवारको मुख्य सदस्य वैदेशिक रोजगारिमा गएपछि बालबालिकामा देखापर्ने समस्याहरु शीर्षकमा मनोसामाजिक समुह मनोपरामर्श गर्दा अभिभावकहरुबाट बालबालिकाहरुमा यस्ता व्यवहार तथा समस्या आफूहरुले दैनिक रुपमा भोगेको र महसुस गरेको बताउनु भएको थियो । अभिभावकहरुले सुनाएका कुरा यस्ता थिए । भनेको नमान्ने, अटेरी हुने, जिद्दि हुने र घमण्डी व्यवहार देखाउने । नियमित विद्यालय नजाने । अत्याधिक चन्चले तथा छटपट गर्ने । एक्लै बस्न मन पराउने ...

पिसाव पोल्ने समस्याको केही घरेलु उपचार

Image
पिसाव पोल्ने समस्याको केही घरेलु उपचार   पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् – १.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।  २.गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।  ३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ । ४. पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।  ५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ । ६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।  ७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले प...

अनुहारको दाग हटाउने सही तरीका

Image
अनुहारको दाग हटाउने सही तरीका  – दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।  –कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । –दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।  –घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँ छ। –बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छ  –आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।  –आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुह...

राती सुत्नुअघि दुईवटा अलैंची र तातो पानी पिउनुहोस् फाईदै फाइदा

Image
राती सुत्नुअघि दुईवटा अलैंची र तातो पानी पिउनुहोस् फाईदै फाइदा  मानिसहरु अलैंचीको प्रयोग मसलामा र माउथ प्रेसनरको रुपमा गर्दछन् । चियामा राखिएको अलैंचीले यसको स्वादमा वृद्धि गर्दछ । अलैंचीको फाइदा यसमा मात्र सिमित छैन । यदि तपाईं अलैंची खाएर तातो पानी पिउनुहुन्छ भने तपाईंले यसको दोब्बर फाइदा प्राप्त गर्नुहुनेछ । भारतका आयुर्वेदिकका विज्ञ अबरार मुल्तानीले अलैंची स्वास्थ्यका लागि निकै फाइदाजनक भएको बताउँछन् । हेर्दा सानो हुने अलैंचीको काम भने ठूलो छ । यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्याउँछ । यसले मुटु र गलाको मलिनतालाई टाढा राख्छ । मुटुलाई बलियो बनाउँछ । मुखको दुर्गन्धबाट राहत पाउन पनि सहयोग गर्दछ ।पत्थरीलाई फुटाउँछ । यसले जन्डिस, पिसावजन्य रोग, छाती पोल्ने, पेट दुखाई, दम, पत्थरी र जोर्नीको दुखाई भएमा अलैंचीको सेवन लाभकारी हुन्छ । यदि राती सुत्नु अघि अलैंचीलाई तातो पानीसँगै खानुहुन्छ भने यसले दोब्बर फाइदा पुर्याउँछ । पेट घटाउन सहयोग पुर्याउँछः यदि तपाईंको पेट बाहिर पुट्ट निस्किएको छ र यो भित्र जाओस् भन्ने चाहनुहुन्छ भने राती सुत्नुअघि दुईवटा अलैंची खाएर तातो पानी...

स्वस्थ रहन यसरी सुत्नुहोस्

Image
स्वस्थ रहन यसरी सुत्नुहोस् : चिकित्सकले दिए यस्तो महत्वपूर्ण सुझाव !       स्वस्थ रहन मानिसलाई उमेर अनुसार कम्तीमा दैनिक ६ घन्टा निदाउनु पर्ने हुन्छ। चाहिने जति निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोगले हाम्रो शरिरमा ठाउँ लिएका हुन्छन् । तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य कारणले गर्दा मानिसको निद्रा अनियमित हुँदै गएको हो। राम्रो निद्रा नलाग्नु र दीर्घकालीन रुपमा निद्रा नलाग्नुले बुढेसकालमा देखा पर्ने रोगहरु लाग्ने अनुसन्धकर्ताहरु बताउँछन्।    गहिरो निद्राका लागि यसो गर्नुस्ः सुत्ने तालिकाः  सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी बसालेमा अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ । खानेकुरा :  तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन् । नुहाउनुः शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन...